लमजुङ | विकासमा महिला नामक संस्थाको आयोजना तथा श्री सर्वोदय माध्यमिक विद्यालय लमजुङको संयोजनमा साविक दुराडाँडा क्षेत्रका विद्यालयहरुमा अध्यापनरत शिक्षकहरुको पेशागत विकासका लागि शिक्षक तालिम २०८१ सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा २०८१ साल माघ ३ र ४ गते दुई दिन सर्वोदय माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । सुन्दरबजार नगरपालिका ३ नम्बर वडा अध्यक्ष अमृत न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु,शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्षहरु,समितिका वर्तमान र पूर्वसदस्यहरु विभिन्न विद्यालयका प्रअ एवं शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विकासमा महिला संस्थाका अध्यक्ष सबला अधिकारी आत्रेय ,संस्थाका कोषाध्यक्ष श्री सुवधा अधिकारी बराल ,अध्ययन स्कुलका डाइरेक्टर प्रशिक्षक श्री शरण कुमार अर्याल ,नेपाल मन्टेस्वरी काठमाडौँ जिल्ला कोषाध्यक्ष विष्णु पोखरेल अर्याल लगायतका व्यक्तित्वहरूको उपस्थितिमा उद्घाटन सत्र कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक श्री कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो र प्राविधि मा दीपक घर्तीले सहयोग गर्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका वर्तमान सदस्य श्री जगन्नाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको औचित्य माथि प्रकाश विकासमा महिला नामक संस्थाका अध्यक्ष सबला अधिकारी आत्रेयले पार्नुभएको थियो। त्यस्तै कार्यक्रममा प्रशिक्षकको रूपमा अध्ययन स्कुलका डाइरेक्टर शरणकुमार अर्यालले शिक्षक पेशागत विकास तालिमबारे थप चर्चा गर्नुभएको थियो भने अन्य व्यक्त्तित्वहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा साविक दुराडाँडा क्षेत्रका विद्यालयहरूबाट शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विकासमा महिला नामक संस्था को आयोजना तथा श्री सर्वोदय माध्यमिक विद्यालय लमजुङको संयोजनमा शिक्षक पेशागत विकास तालिम २०८१ सम्पन्न भएको छ। २०८१ साल माघ ३ र ४ गते दुई दिन सञ्चालन भएको उक्त कार्यक्रममा विकासमा महिला नामक संस्था काठमाडौँको आयोजना तथा श्री सर्वोदय माध्यमिक विद्यालयको संयोजनमा सर्वोदय माध्यमिक विद्यालयमा आयोजना भएको थियो सो अवसरमा सर्वोदय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। प्रमुख अतिथि सुन्दरबजार नगरपालिका ३ नम्बर वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्री अमृत न्यौपानेको प्रमुख आतित्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्षहरु वडा सदस्यहरु लगायत विभिन्न व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो। त्यसैगरी विभिन्न विद्यालयका प्रअहरूएवं शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो। त्यसैगरी विकासमा महिला संस्थाका अध्यक्ष सबला अधिकारी आत्रेय संस्थाका कोषाध्यक्ष श्री सुवधा अधिकारी बराल अध्ययन स्कुलका डाइरेक्टर प्रशिक्षक श्री श्रवण कुमार अर्याल नेपाल मन्टेसरी काठमाडौँ जिल्ला कोषाध्यक्ष विष्णु पोखरेल अर्याल लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उद्घाटन सत्रका क्रममा कार्यक्रमको सञ्चालन सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो। त्यसैगरी आसन ग्रहणसँगै विद्यालय व्यवस्थापन समितिका वर्तमान सदस्य श्री जगन्नाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको औचित्य माथि प्रकाश भने विकासमा महिला नामक संस्थाका अध्यक्ष सबला अधिकारी आत्रेयले पार्नुभएको थियो। त्यस्तै कार्यक्रममा प्रशिक्षकको रूपमा अध्ययन स्कुलका डाइरेक्टर शरणकुमार अर्यालले शिक्षक पेशागत विकास तालिमबारे थप चर्चा गर्नुभएको थियो। तालिमको पहिलो सत्रमा कुल १६ वटा विद्यालयका शिक्षक शिक्षिकाहरूको उपस्थित रहने जानकारी विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलले बताउनुभएको थियो। कार्यक्रममा भने साविक दुराडाँडा गाविसका विद्यालयहरूबाट उल्लेख्य शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो।
विकासमा महिला संस्थाका तर्फबाट शिक्षक पेशागत विकास तालिम २०८१ सञ्चालनका क्रममा अध्ययन फाउन्डेसनका डाइरेक्टर शरणकुमार अर्यालले प्रशिक्षणको लक्ष्य र विधि शिक्षण पेशाप्रति प्रकाश पार्नुभएको थियो। कार्यक्रम पाँच चरणमा अर्थात् पाँचवटा सेसनमा विभाजित रहेर सम्पन्न भएको थियो। हामी महान शिक्षक हौँ। शिक्षकको नेतृत्व क्षमता महत्वपूर्ण छ परिवर्तन सम्भव छ सकारात्मक सोच लिनुपर्छ द्वन्द व्यवस्थापन समयमै गर्नुपर्छ भन्ने जस्ता गहन विषय माथि तालिम सञ्चालन भएको थियो। तालिम सञ्चालनका क्रममा सकारात्मक सोच समस्या पहिचान समस्याको समाधान सूचना प्रवाह सकारात्मक सोचाई दण्ड समाधान जस्ता विविध विषय र पक्षका बारेमा छलफल एवं अन्तरक्रिया सम्पन्न भएको थियो। सोही प्रसङ्गमा किशोर अवस्था समस्या चुनौती आइसिटीको लत जस्ता विविध समस्या र चुनौतीका बारेमा समेत छलफल भएको थियो। यसका साथसाथै जीवनोपयोगी सिप सम्बन्धमा तालिममा सहभागी सम्पूर्णलाई प्रशिक्षण प्रदान गरिएको थियो। शिक्षण पेशाका आचरणहरू त्यसैगरी उत्कृष्ट शिक्षक कसरी बन्ने भन्ने जस्ता विविध विषयलाई तालिममा समेटिएको थियो। एसएएसी नतिजा सुधार र विद्यालयमा अनुशासनको महत्व जस्ता पक्षलाई समेत शिक्षक पेशागत विकास तालिममा महत्वपूर्ण स्थान दिएको थियो त्यसैगरी कार्यक्रम समापनका क्रममा भने तालिममा सहभागी शिक्षक शिक्षिकाहरूको प्रतिनिधित्व गर्दै दुईजना शिक्षक र शिक्षिकाहरुले आफ्नो अनुभव आदानप्रदान गर्नुभएको थियो। र त्यसैगरी प्रशिक्षक शरणकुमार अर्याल विकासमा महिला संस्थाका अध्यक्ष सबला अधिकारी आत्रेयले अनुभव एवं आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित सहभागी सम्पूर्णलाई विकासमा महिला संस्थाका तर्फबाट प्रमाणपत्रको व्यवस्था गरिएको थियो भने सर्वोदय माध्यमिक विद्यालयका तर्फबाटप्रशिक्षक त्यसैगरी आयोजक संस्थाका लागि मायाको चिनो प्रदान गरेर कार्यक्रमका लागि आगामी दिनहरुमा समेत सहयोग र सहकार्यको लागि हातेमालो गर्नुपर्ने आवश्यकता रहेको कुरा व्यक्त गर्नुभएको थियो। समापन कार्यक्रम सञ्चालन सर्वोदय माध्यमिक विद्यालयका शिक्षक रामकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर केसीले गर्नुभएको थियो। कार्यक्रम समापनका क्रममा आगामी दिनहरुमा पनि सर्वोदय माध्यमिक विद्यालयको सिंगो टिम शिक्षकको पेशागत विकास तालिममा पुन जोडिन पाउने अपेक्षा र यस्ता किसिमका तालिम आगामी दिनहरुमा पनि विद्यालयको पहलमा समेत गर्न सकिने कुरामा एकजुट भएर लाग्नुपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो। त्यसैगरी विकासमा महिला नामक संस्थासँग संस्थाको सहकार्यमा विद्यालयले दुई दिने शिक्षक पेशागत विकास तालिम तालिम को संयोजनको भूमिका निर्वाह गर्न पाउनु विद्यालयको लागि अहोभाग्य को कुरा समेत रहेको जानकारी गराउनुभएको थियो। कार्यक्रम समापनका क्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर केसीले शिक्षकको पेशागत विकासका लागि थप कदम चाल्न आवश्यक रहेको जानकारी पनि गराउनु भएको थियो तालिमको समापनसँगै अनौपचारिक रुपमा सहभागी एवं प्रशिक्षक तथा आयोजक संस्था टिमसँग कुरा गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलले शिक्षकको पेशागत विकास तालिम २०८१ ले सहभागी शिक्षक शिक्षिकाहरूमा सकारात्मक परिवर्तनसँगै तालिममा सिकेका कुराहरुलाई विद्यालय र विद्यालयमा अध्ययनरत विद्यार्थीहरु माझ लागू गर्नुहुनेछ भन्ने अपेक्षा समेत व्यक्त गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि सुन्दर का वडा न्यौपानेले सर्वोदय माध्यमिक विद्यालयका लागि सदैव सहकार्य गरेर अगाडि बढ्न सक्ने र आगामी दिनहरुमा पनि विद्यालयको शैक्षिक गुणस्तरका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो। उक्त अवसरमा सम्पूर्ण वक्ताहरु को निचोडमा सर्वोदय माध्यमिक विद्यालय बाट नै हामी हाल यो अवस्थामा रहन सकेको कुरा व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित सहभागी सम्पूर्णलाई विकासमा महिला संस्थाका तर्फबाट प्रमाणपत्रको व्यवस्था गरिएको थियो भने सर्वोदय माध्यमिक विद्यालयका तर्फबाट प्रशिक्षक त्यसैगरी आयोजक संस्थाका लागि मायाको चिनो प्रदान गर्दै आगामी दिनहरुमा समेत सहयोग र सहकार्यको लागि हातेमालो गर्नुपर्ने आवश्यकता रहेको कुरा प्रअ र बिव्यस अध्यक्षले व्यक्त गर्नुभएको थियो। समापन कार्यक्रम सञ्चालन सर्वोदय माध्यमिक विद्यालयका शिक्षक रामकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर केसीले गर्नुभएको थियो। तालिममा सहभागी शिक्षकहरुले उक्त दुइदिने तालिम अत्यन्त प्रभावकारि भएको हुदाँ आगामी दिनहरुमा पनि यस खालका तालिम आयवजना गर्नका लागि अनुरवध गर्नुभएको थियो ।तालिमका प्रशिक्षक शरणकुमार अर्यालले सर्वोदय मावि कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुका लागि उत्प्रेरणामूलक कक्षा पनि लिनुभएको थियो ।