राजसंस्थाको पुनःस्थापनामा तीव्र अभियान: दुर्गा प्रसाईँले राजसस्था फालिनु को दोष राप्रपालाई दिए
केसब बराल
काठमाडौं । राजसंस्था पुनःस्थापनाको अभियानलाई तीव्रता दिइरहेका व्यवसायी दुर्गा प्रसाईँले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको मूल दोष राप्रपालाई रहेको आरोप लगाएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाले जनताको भावना विपरीत ‘कु’ प्रवृत्ति अपनाउँदै राजसंस्थाका मुद्दालाई कमजोर बनाएको दाबी गरे।

प्रसाईँका अनुसार, राप्रपाले आफ्नो ऐतिहासिक जिम्मेवारी बिर्सेर सत्ता स्वार्थमा रमाएको छ, जसले गर्दा राजसंस्था पुनःस्थापनाको अभियान प्रभावित भएको छ। उनले निष्क्रिय राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै राष्ट्रको दीर्घकालीन स्थिरताको लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।
Views: 427











