नगर प्रमुख राजवंशी को प्रमुख आतिथ्यता मा लैंगिक हिँसा विरुद्ध को १६दिने अभियान सम्पन्न।
सुनवर्षी मंसिर २५
मोरङको सुनबर्षी नगरपालिका का प्रमुख श्याम प्रसाद राजवंशी को प्रमुख आतिथ्यता मा वडा नं ८ स्थित नेपाल चोक मा लैंगिक हिँसा विरुद्ध को १६दिने अभियान कार्यक्रम साथै वातावरण संरक्षणमा स्थानीयको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकार समूह सुनबर्षी र नारी उत्थान फेडेरेसन सुनवर्षी को संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रममा उप प्रमुख मिरा देवी दास, मोरङ जिल्ला प्रमुख प्रेम प्रसाद भट्टराई वडा अध्यक्ष क्रमशः अनवर मियाँ, छेदीलाल यादव, वडा सदस्य हरु, स्थानीय बुद्धिजीवी स्थानीय बासिन्दा लगाएत को बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवाती चरणमा भारतको एसएसबीका सब-इन्स्पेक्टर स्वाभिमान आदित्य लाई मानव अधिकार समूहका अध्यक्ष लक्ष्मण बुढाथोकीले झाडु हस्तान्तरण गरी सीमा क्षेत्रमा सरसफाइ अभियानको थालनी गरेका थिए। यस अभियानमा नगर प्रमुख श्याम प्रसाद राजवंशी,उपप्रमुख मीरा देवी दास, विभिन्न वडाका अध्यक्षहरू, नेपाल प्रहरी जनपथ प्रहरी , स्वास्थ्य स्वयंसेविका, तथा स्थानीय समुदायको व्यापक उपस्थिति ले उक्त दसगजा क्षेत्रमा जथाभावी रुपमा फालिएको फोहोरलाई व्यवस्थापन गरेको थियो।
सरसफाइ कार्यक्रम समाप्ति पछि लैंगिक हिंसा विरुद्धका नारासहितको र्याली निकालिएको थियो भने बिरेन्द्र सार्वजनिक मा वी का बाल अधिकार चेतना समूहले बाल विवाह, दाइजो प्रथा र गर्भपतन’ विषयमा जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रम मा वातावरणका विषमा बोल्दै सव डिबिजन बन कार्यलाय मोरङ अन्तर्गत रंगेलि सव डिभिजन अधिकृत नरेन्द्र गुरागाईले, सीमावर्ती क्षेत्रका कारण देखिएका पर्यावरणीय चुनौतीहरूबारे प्रकाश पार्दै वातावरण संरक्षणका लागि समुदाय स्तरबाटै सक्रिय पहल हुन आवश्यक भएको बताउँदै। सरसफाई का लागि सिंगो समुदाय, समाज नै एक जुट भएर अगी बढ्नु पर्ने बताउनु भयो।
त्यस्तै गरी मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले, सीमा क्षेत्रमा लैङ्गिक हिंसाका घटना बढी हुने भएकाले यस्तो अभियानले जनचेतना अभिवृद्धि गर्ने बताउनुभयो। साथै, स्थानीयवासीका विभिन्न मागहरूलाई सहजीकरण गर्न प्रशासन प्रतिबद्ध रहेको पनि प्रस्ट गर्नुभयो।
नगर प्रमुख श्याम राजबंशीले वातावरण संरक्षणमा नगरपालिकाको योजनाबद्ध कार्यक्रमहरूलाई प्रभावकारी बनाउन प्रतिबद्धता जनाउँदै, हरेक नागरिकले यसमा सक्रिय योगदान दिनुपर्ने बताउनुभयो। नगर उपप्रमुख मीरा देवी दासले लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सफल बनाउन नगरपालिकाले विशेष योजना अघि सार्ने र समुदाय स्तरमा जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिने बताउनु भयो।