December 23, 2025
1230x100

त्रियुगा नदीले बगायो सवारी बस : जन्ती लिएर फर्किँदै गरेको सवारी बस बाढीको चपेटामा,परि बगेको छ  वर्षौंदेखि अलपत्र अधुरो पुल स्थानीयलाई सास्ती !

त्रियुगा नदीले बगायो सवारी बस : जन्ती लिएर फर्किँदै गरेको सवारी बस बाढीको चपेटामा,परि बगेको छ  वर्षौंदेखि अलपत्र अधुरो पुल स्थानीयलाई सास्ती !
Gif-900x100-1

त्रियुगा नदीले बस बगायो : जन्ती लिएर फर्किँदै गरेको सवारी बस बाढीको चपेटामा,परि बगेको छ वर्षौंदेखि अलपत्र अधुरो पुल स्थानीयलाई सास्ती !

केसब बराल
आवाज मिडिया HD
उदयपुर,
मिति 2082/01/23

गएरातिको मुसलधारे वर्षाले त्रियुगा नदीमा आएको बाढीले एक यात्रुबाहक बस बगाएको छ, जसले उदयपुरमा भयानक जोखिमको तस्वीर कोरेको छ। चौदण्डीगढी नगरपालिका–५ सिवाई–बेल्हा खण्डमा रहेको नदी पार गर्दै गर्दा धरान–बेल्टार रुटमा चल्ने को १ ख ४७५३ नम्बरको बस त्रियुगाको उर्लिंदो वहावले बगाएको हो। बसले सप्तरीमा जन्ती पुर्‍याएर फर्कंदै गरेको समयमा दुर्घटना भएको पुष्टि जिल्ला प्रहरी प्रमुख हरिहरनाथ योगीले गरेका छन्।

भाग्यले बाँचे चालक–सहचालक, जिम्मेवार को?
दुर्घटनाको बेलामा बसमा चालक र सहचालक मात्र रहेका थिए र उनीहरू ज्यान जोगाएर बाहिरिन सफल भएका छन्। तर, प्रश्न उठेको छ—के हरेक पटक भाग्यले साथ दिने हो?

अधुरो पुल: राजनीतिक बेवास्ताले निम्त्याएको ज्यान जोखिम
ठ्याक्कै त्यही स्थानको केही तल निर्माणाधीन पक्की पुल बि.स २०७८ मा बाढीले भत्काएपछि पुनर्निर्माणको जिम्मा लिने कुनै निकाय देखिएको छैन। २०६७ मा महालक्ष्मी–लोकप्रिय जेभीले पाएको ९ करोड ७६ लाखको ठेक्का लागत बढाएर ११ करोड २७ लाखमा पुर्‍याए पनि पुल अलपत्र बन्यो। सम्झौता रद्द भइसकेको छ, जिम्मेवार कोही छैन।

पुल नहुँदा जोखिममा हजारौं  स्थानीय, ज्यानको भरोसा बाढीमा
पुल नबन्दा चौदण्डीगढी ५, ९ र १० वडाका झन्डै २० हजार स्थानीय बर्सेनि त्रियुगाको क्रोध सँग खेल्न बाध्य छन्। दैनिक आवागमन, विद्यार्थी, बिरामी, कृषक र व्यापारी सबै त्रासमा छन्।

स्थानीयको आवाज: “पुल बन्नुको साटो, सरकार बाढी कुरिरहेकोछ”
बाढीपछिको घटनास्थलमा जम्मा भएका स्थानीयहरूले खुला आक्रोश पोखेका छन्। “यदि पुल समयमै बनिएको भए आज यो दुर्घटना हुन्थेन,” उनीहरू भन्छन्, “सरकारका लागि हाम्रो ज्यानको मूल्य छैन।”

त्रियुगा नदी फेरि बोलेको छ ।।।।

 बाढीमा बग्ने चेतावनी दिएको छ ।।।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।