May 23, 2025
1230x100

मेयरकै सेटिङमा उत्खनन गरी राजस्व छली भएको भन्दै वडाध्यक्षले नै दिए अख्तियारमा उजुरी : अख्तियारले सुरु गर्‍यो गम्भीर छानबिन

मेयरकै सेटिङमा उत्खनन गरी राजस्व छली भएको भन्दै वडाध्यक्षले नै दिए अख्तियारमा उजुरी : अख्तियारले सुरु गर्‍यो गम्भीर छानबिन
Gif-900x100-1

मेयरकै सेटिङमा उत्खनन गरी राजस्व छली भएको भन्दै वडाध्यक्षले नै दिए अख्तियारमा उजुरी  अख्तियारले सुरु गर्‍यो गम्भीर छानबिन

केसब बराल |
आवाज मिडिया HD
२९ बैशाख २०८२, सोमबार

उदयपुरको चौदण्डीगढी नगरपालिकामा चुरे क्षेत्रको बिनाअनुमति दोहनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  छानबिन थालेको छ। नगरप्रमुख कालुमान लामाको प्रत्यक्ष संलग्नतामा अवैध उत्खनन गरिएको आरोपसहित उजुरी परेपछि अख्तियारको इटहरी कार्यालयले माडीबास र लामाखोला बरपानी क्षेत्रमा स्थलगत अनुगमन गरेको हो।

नगरपालिका वडा नं. ७ का वडाध्यक्ष केशव अधिकारीले मेयरकै मिलेमतोमा सार्वजनिक, सरकारी, ऐलानी र निजी जग्गाबाट व्यापक रुपमा गिट्टी, बालुवा, ढुंगा र माटो उत्खनन गरी राजस्व छली गरिएको भन्दै उजुरी दर्ता गराएका थिए। उनले अनुगमन टोलीलाई उत्खनन स्थल समेत देखाएको बताएका छन्।

उजुरीका आधारमा शुक्रबार हामीले स्थल अवलोकन गर्यौं र प्रारम्भिक छानबिन सुरु भइसकेको छ,,, अख्तियार इटहरीका सूचना अधिकारी उपसचिव नीरजकुमार देवले बताए। उनले अब आयोग विस्तृत अनुसन्धानको प्रक्रियामा अघि बढ्ने जानकारी दिए।

चुरे क्षेत्रको संरक्षणलाई राज्यको उच्च प्राथमिकता मानिँदै आएको सन्दर्भमा यस किसिमको अवैध उत्खननप्रति स्थानीय तहकै संलग्नता देखिनु गम्भीर विषय मानिएको छ। छानबिनबाट दोषी प्रमाणित भएमा अख्तियारले कानुनी कारबाही अघि बढाउने स्पष्ट संकेत दिएको छ।

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै