उदयपुर
केसब बराल
आवाज मिडिया HD
जेष्ठ २/२०८२
चौदण्डीगढी नगरपालिकाको विज्ञप्ति आपती र गैरजिम्मेवारि !
नगरपालिकाले हालै सार्वजनिक गरेको विज्ञप्तिले स्पष्टरुपमा गल्ती लुकाउने प्रयास गरेको देखिन्छ। एकातिर बिना पूर्वतयारी, सूचना र जनसहमति, बिना जनविरोधको बीचमा प्राकृतिक स्रोत दोहन गर्न खोजिन्छ, अर्कोतिर बिज्ञप्ति निकालेर आफुलाई चोखो देखाउने प्रयास गरिन्छ। के एउटा कागजको टुक्राले साँचो तथ्य मेटिन्छ त?
नगरपालिका केका लागि ?कस्का लागि? आजको येस्तो सुचना र प्रबिधि को युगमा कुनै पनि सुचना बिना स्थानीय जनता लाई थाहा नहुने तरिका ले काम किन सकाउन खोजिन्छ? जनतालाइ सुचना दिनुपर्दैन? नगरपालिका को हरेक काम र निर्णय अब देखि जनता ले हेर्न सुन्न पाउनु पर्छ स्थानीय जनता लाई हरेक कुरा अबगत गराउनु पर्छ दुई जाना बसेर निर्णय लेखेर काम गर्ने गराउने परम्परा बन्द हुनुपर्छ !!
चौदण्डीगढी नगरपालिका आफैमा एउटा् ऐतिहासिक गौरव बोकेको नाम हो। तर केही भ्रष्ट सोच भएका जनप्रतिनिधिहरूको गलत नियतले यो नाममै दाग लागेको छ। ऐलानी र नम्बरिका जग्गा छुट्याउने काम स्थलगत निरीक्षणपछि प्रस्ट भइसकेको अवस्थामा, झुट्टा सूचना र अर्धसत्य प्रसारण नगरको मर्यादामा आँच पुर्याउने दुस्साहस मात्र हो।
यदि तपाईंहरू सत्य तथ्य निसपक्ष जनता को हितमा काम गर्न सक्नु हुन्न भने इमानदारीपूर्वक पद त्याग्नुहोस्। यहाँ हजारौं असल, इमानदार र जनमुखी व्यक्तित्वहरू छन्। जनताको अमूल्य मतबाट जितेर, अब जनतालाई नै अन्धकारमा राख्ने र त्रासमा पार्ने काम अत्यन्तै लज्जास्पद छ !
नगर प्रमुख र नगर कार्यपालिकाको यस्तो गैरजिम्मेवार रवैयाको हामी कडा शब्दमा निन्दा गर्छौं। कर्तुत ढाक्न होइन, सुधार्न सिको गर। जनताले अब हेरेर बस्ने छैनन्—सत्यको पक्षमा संघर्ष चर्कनेछ!!