December 23, 2025
1230x100

लुटको महाघोटालाः मेयर कालुमान लामा, वडाध्यक्ष लुंगाराज राई,र व्यापारी अमर खवासको मिलेमतोमा कालिखोला चिरेर बेचियो

लुटको महाघोटालाः मेयर कालुमान लामा, वडाध्यक्ष लुंगाराज राई,र व्यापारी अमर खवासको मिलेमतोमा कालिखोला चिरेर बेचियो
Gif-900x100-1

लुटको महाघोटालाः मेयर कालुमान लामा, वडाध्यक्ष लुंगाराज राई,  र व्यापारी अमर खवासको मिलेमतोमा कालिखोला चिरेर बेचियो

आवाज मिडिया
संवाददाता
बेल्टार — २०८२/०४/३१

उदयपुर — चुरे संरक्षणको नाममा कालिखोलाको पेट चिरेर बालुवादेखि माटोसम्म बेच्ने संगठित व्यापारमा चौदण्डीगढी नगरपालिकाको नेतृत्व आफैं मुख्य खेलाडी भएको खुलेको छ। मेयर कालुमान लामा, वडा नं. ४ का वडाध्यक्ष लुंगाराज राई,  र सप्तरीका व्यापारी अमर खवासको प्रत्यक्ष संलग्नतामा ‘राष्ट्रिय गौरव आयोजना’को आवरणमा यो दोहन चलेको छ, जसको प्रमाण पैसा, पुर्जा र उत्खनन स्थलमै भेटिएका ठोस तथ्यहरूले देखाएका छन्।

प्रदेश सरकारको आर्थिक ऐन २०८१ अनुसार जेठ ३१ देखि असोज १ सम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक छ। तर, सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडीबी)को असार ८ गतेको पत्रलाई बहाना बनाएर कानुनी प्रक्रिया नपुगी, मेयर लामाले ठेकेदारलाई मौखिक अनुमति दिएका थिए।

सीताराम कन्स्ट्रक्सनका सञ्चालक तेजनारायण साहले कालिखोलाबाट करिब ६ हजार घनमिटर माटो निकालेर चाइना रेलवे नं. २ इन्जिनियरिङ कम्पनीलाई आपूर्ति गरे। सरकारी ऐलानी जमिनमा उत्खनन भए पनि, देखाउन नम्बरी पुर्जा प्रयोग गरिएको थियो।

प्रमाण अनुसार, जेठ ३० मै ठेकेदारले रु. २,८२,४८० नगरपालिका खातामा हालिसकेका थिए — जबकि अनुमति दिने पत्र त असार ८ मा मात्र आएको हो। सो रकमको आधा दहत्तर बहत्तर शुल्क’का नाममा राजश्व रसिद काटिएको छ, जसलाई ‘पूर्व सम्झौता’को स्पष्ट संकेत मानिएको छ।

साउन ४ मा स्थानीय विरोध सुरु भए पनि, मेयर लामा ‘पारिवारिक भ्रमण’ भन्दै चीन उडे, र उत्खनन भने तीन एक्स्काभेटरका साथ निरन्तर चलिरह्यो। अन्ततः इलाका प्रहरी कार्यालय बेल्टारले १७ वटा टिपर नियन्त्रणमा लिएर शसस्त्र क्याम्प सातधारेमा राख्यो।

 

नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एस) र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले प्रमाणित भए कानुनअनुसार कडा दण्ड दिने चेतावनी दिएका छन्। तर, मेयरले गठन गरेको छानबिन समितिमै संलग्न लुंगाराज राईलाई राखेपछि स्थानीय आक्रोश अझै चुलिएको छ।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।