January 7, 2026
1230x100

उदयपुरको शैक्षिक गौरव : सगरमाथा सेकेन्डरी बिधालय को ४१औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न!

उदयपुरको शैक्षिक गौरव : सगरमाथा सेकेन्डरी बिधालय को ४१औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न!
Gif-900x100-1

आवाज मिडिया सम्बादाता

२०८२/०९/१०

उदयपुरको शैक्षिक गौरव : सगरमाथा सेकेन्डरीको ४१औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न!

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–७ बेलटारस्थित सगरमाथा सेकेन्डरी इङ्ग्लिस स्कुलले आफ्नो ४१औँ वार्षिकोत्सव भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न गरेको छ। चार दशकभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालय आज उदयपुर जिल्लाकै शैक्षिक पहिचानका रूपमा स्थापित भएको छ।।

वि.सं. २०४२ साल पौष १० गते स्थापना भएको सगरमाथा सेकेन्डरी स्कुलले शिक्षा, अनुशासन र संस्कारलाई आत्मसात गर्दै हजारौँ दक्ष जनशक्ति उत्पादन गरिसकेको छ। विद्यालयले कक्षा १० को पठनपाठन २०५७ सालदेखि र कक्षा ११ को पठनपाठन २०६५ सालदेखि सञ्चालन गर्दै आएको छ। हालसम्म कक्षा १० बाट २४ औँ ब्याच र कक्षा १२ बाट १५ औँ ब्याच उत्तीर्ण भइसकेका छन्।

शैक्षिक उपलब्धिमा निरन्तर सफलता

शैक्षिक सत्र २०८१ मा कक्षा १० तर्फ ३.६० भन्दा माथि GPA ल्याउने २१ जना (A+), ३.२० भन्दा माथि १५ जना (A) तथा ३.२० भन्दा तल ५ जना विद्यार्थी रहेका छन्।
त्यसैगरी कक्षा १२ मा ३.६० भन्दा माथि GPA ल्याउने ५ जना (A+), ३.२० भन्दा माथि ७ जना (A) र ३.२० भन्दा तल २८ जना विद्यार्थी रहेका छन्।

विद्यार्थी संख्या र भौतिक संरचना

विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म जम्मा ६४६ विद्यार्थी अध्ययनरत छन्, जसमा ३९५ छात्र र २५१ छात्रा रहेका छन्।

विद्यालयको जग्गा क्षेत्रफल १० कठ्ठा रहेको छ। २७ वटा कक्षा कोठा, ५ वटा कार्यालय कक्ष, १५ वटा शौचालय, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्राथमिक उपचार कक्ष, कम्प्युटर ल्याब, इन्टरनेट र CCTV जडानसहित आधुनिक पूर्वाधार तयार गरिएको छ। साथै ११ वटा खानेपानी धारा र २ वटा विद्यालय बस सञ्चालनमा छन्।

शिक्षक–कर्मचारी र आर्थिक अवस्था

विद्यालयमा २७ जना शिक्षक कार्यरत छन्, जसमा १९ महिला र ८ पुरुष छन्। त्यस्तै ९ जना कर्मचारी (५ महिला, ४ पुरुष) सेवा दिइरहेका छन्।

विद्यालयको कुल आम्दानी रु. १९,६६,६७३२ रहेको छ भने खर्च रु. १८,२७,८०१ रहेको छ। छात्रवृत्ति कोषमा हाल रु. १३,८८,५३२ मौज्दात रहेको छ। शिक्षा नियमावली अनुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ।

अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता

प्रत्येक शुक्रबार दोस्रो घण्टीपछि अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ। साथै विभिन्न संघ–संस्थाद्वारा आयोजना गरिने शैक्षिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ।

कार्यक्रमको समापनमा विद्यालयका प्रिन्सिपल जनक कार्कीले ४१औँ वार्षिकोत्सवमा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अभिभावक, शिक्षक–कर्मचारी तथा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै सम्पुर्ण बिधालय को विवरण प्रस्तुत गर्नुभएको छ
मिति : २०८२ पौष १० गते!

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।