January 31, 2026
1230x100

काठमाडौं महानगरपालिकाको मेयर कुर्सीबाट राजीनामा, बालेनको नजर सिंहदरबारमा

काठमाडौं महानगरपालिकाको मेयर कुर्सीबाट राजीनामा, बालेनको नजर सिंहदरबारमा
Gif-900x100-1

आवाज मिडिया HD 

Keshab Baral

काठमाडौ

२०८२ माघ ०४

काठमाडौंको मेयर कुर्सी खाली, बालेनको नजर सिंहदरबारमा

समाचार:

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। नेपालकाे संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था अनुसार उनले उपमेयर सुनिता डंगोलसमक्ष नगर प्रमुख पदबाट राजीनामा बुझाएका हुन्।

राजीनामा पत्रमा उल्लेख भएअनुसार शाहले मिति २०८२ साल फागुन १० गतेदेखि लागू हुने गरी स्वेच्छिक रूपमा पद त्याग गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन बाँकी समयलाई पूर्ण रूपमा चुनावी तयारीमा केन्द्रित गर्न राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।

राजीनामा पत्रमार्फत बालेनले आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिका र नगरवासीको हितका लागि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको उल्लेख गर्दै, आगामी दिनमा महानगरको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बन्ने विश्वास व्यक्त गरेका छन्। उनले नगर कार्यपालिका तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई सफलताको शुभकामना समेत दिएका छन्।

स्थानीय तहमा फरक शैली र कडा निर्णयका कारण चर्चामा रहेका बालेनको यो कदमलाई स्थानीय राजनीतिबाट संघीय राजनीतितर्फको निर्णायक मोड का रूपमा हेरिएको छ।

बालेनको राजीनामासँगै काठमाडौं महानगरपालिकाको नेतृत्व संरचना र आगामी राष्ट्रिय राजनीतिमा यसको प्रभावलाई लिएर व्यापक चासो र बहस सुरु भएको छ।

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै