May 13, 2026
1230x100

बेल्टार बसपार्क कहिले बन्छ स्थानीय सरकार ??

बेल्टार बसपार्क कहिले बन्छ स्थानीय सरकार ??
Gif-900x100-1

बेल्टार बसपार्क कहिले बन्छ स्थानीय सरकार ??

आवाज मिडिया HD
उदयपुर
२०८३/०१/२६

कोशी प्रदेशका अन्य पालिकाहरू—जस्तै धरान, गाईघाट, इटहरी , दमक बिराटनगर र अन्य विभिन्न पालिकाहरु ले आफ्नो नगरभित्रको बसपार्कलाई व्यवस्थित बनाउँदै यात्रु तथा सार्वजनिक यातायात दुवैलाई सहज हुने वातावरण निर्माण गरेका छन् र गरिरहेको छन । यात्रुहरूलाई टिकट, प्रतीक्षालय, शौचालय तथा सुरक्षित चढ्ने–ओर्लने स्थानको सुविधा दिनुका साथै चारैतिर छरिएर रहेका सवारी साधनलाई एउटै स्थानबाट सञ्चालन गर्ने व्यवस्था प्रभावकारी देखिएको छ।

तर बेल्टार बसपार्क को अवस्था भने अझै पुरानै ढाँचामा सीमित रहेको स्थानीयहरूको गुनासो र समस्याहरु सुनिन्छ। यात्रु व्यवस्थापन, पार्किङ, सरसफाइ तथा संरचनागत सुधारमा अपेक्षित प्रगति नदेखिँदा दैनिक यात्रा गर्ने सर्वसाधारणले सास्ती खेप्नुपरेको अवस्था छ।

स्थानीय सरकारको ध्यान अब आधुनिक र व्यवस्थित बसपार्क निर्माणतर्फ जान आवश्यक देखिन्छ।चौडण्डिगढी नगरपालिका को राजधानी बेल्टार जस्तो नगरपालिका भित्र तेस्मा पनि व्यस्त व्यापारिक क्षेत्रमा यातायात र भौतिक पुर्बधार एकदमै दनिय देखिन्छ ! यो कुरालाइ  केन्द्रमा राखेर  व्यवस्थित बसपार्क निर्माण हुन सके यात्रु, व्यवसायी र यातायात व्यवसायी सबैलाई प्रत्यक्ष लाभ पुग्नेछ। प्रश्न उठेको छ के चौदण्डीगढी नगरपालिका ले बेल्टार बसपार्कको स्तरोन्नतिका लागि ठोस पहल कहिले गर्ने छ? सबैजना मिलेर आवाज उठाउनु होला !

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै