आवाज मिडिया HD
२०८३/०४/११

Udayapur –१ मा सांसद पारसमणी गेलालको गुनासो सुनुवाइ तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न !
उदयपुर क्षेत्र नम्बर–१ का निर्वाचित संघीय सांसद पारसमणी गेलाल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरका नवनिर्वाचित जिल्ला सभापति चित्रकुमार कार्कीलगायतको उपस्थितिमा सञ्चालन गरिएको गुनासो सुनुवाइ तथा मतदाता भेटघाट कार्यक्रम भखरै सम्पन्न भएको छ।
रास्वपा उदयपुर जिल्ला समितिको आयोजना तथा सम्बन्धित पालिका र वडाहरूको समन्वयमा सञ्चालन गरिएको तीनदिने निर्वाचन क्षेत्र भ्रमणका क्रममा १,४८० वटा समस्या तथा गुनासा संकलन गरिएको जिल्ला सहसचिव सूर्यकुमार राईले जानकारी दिएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पारसमणी गेलालले आफ्नो निर्वाचन क्षेत्रका नागरिकका समस्या समाधानका लागि निरन्तर रूपमा प्रतिबद्ध रहने बताउदै। संकलित गुनासा सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन !
कार्यक्रममा सहभागी मतदाताहरूले विगतमा सांसदसँग प्रत्यक्ष भेटघाट गर्न कठिन हुने गरेको स्मरण गर्दै अहिले भने टोल–टोलमै पुगेर जनताको कुरा सुन्ने अभ्यासले आशा र विश्वास बढाएको प्रतिक्रिया समेत दिएका छन्।
कार्यक्रम को अन्त्यमा सरकारी कार्यलय लगाएत सार्बजनिक स्वास्थ सस्था को पनि अनुगमन गर्ने बताइएको छ!!










