तालिबानको कडा सन्देश: ‘ट्रम्प, हिम्मत छ भने आएर हतियार लैजाऊ!’
काबुल – अफगानिस्तानको तालिबान सरकारले अमेरिका र पुर्ब रास्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा चुनौती दिएको छ। तालिबानका एक प्रवक्ताले सार्वजनिक रूपमा ट्रम्पलाई सम्बोधन गर्दै भनेका छन्, “यदि तिमी साँच्चै नै हिम्मतवाला हौ भने, अफगानिस्तान आएर आफ्ना हतियार आफैं लैजाऊ!”
यो बयान अमेरिकाले छाडेर गएको सैन्य हतियारबारे लामो समयदेखि चलिरहेको विवादकै निरन्तरतामा आएको हो। २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट हटेपछि तालिबानले ठूलो संख्यामा आधुनिक अमेरिकी हतियारहरू आफ्नो नियन्त्रणमा लिएको थियो। वाशिङ्टनले बारम्बार ती हतियार फिर्ता गर्न वा निष्क्रिय पार्न दबाब दिँदै आएको छ।
तर तालिबानले आफ्नो अडान झन् कडा बनाउँदै, हतियार नफर्काउने स्पष्ट संकेत दिएको छ। यसअघि पनि तालिबानले अमेरिका र उसका सहयोगीहरूलाई अफगानिस्तानमा दोबारा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो।
ट्रम्पले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। तर उनले आफ्नो राष्ट्रपतिकालमा अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णयलाई नै सही ठहराउँदै आएका छन्।
अब अमेरिकी प्रशासनले यो खुला चुनौतीलाई कसरी लिन्छ? के ट्रम्प वा जो बाइडेन नेतृत्वको अमेरिकी सरकार कुनै कदम चाल्नेछ? अफगानिस्तानको सत्ता कब्जा गरेपछि अन्तर्राष्ट्रिय मान्यता पाउन संघर्षरत तालिबानको यस्तो आक्रामक रवैयाले विश्व राजनीति कता मोडिन्छ?
यो घटनाक्रमले फेरि एकपटक अफगानिस्तानको सुरक्षा, अमेरिकी नीति र दक्षिण एसियाली भू-राजनीतिमा तरंग ल्याउने देखिन्छ!