December 23, 2025
1230x100

नारद आदर्श क्याम्पसमा चुनावी माहोल तातेयो, सभापतिमा ज्ञान्दिल थुलुङसहित साझा प्यानलको घोषणा!

Gif-900x100-1

नारद आदर्श क्याम्पसमा चुनावी माहोल तातेयो, सभापतिमा ज्ञान्दिल थुलुङसहित साझा प्यानलको घोषणा!

केसब बराल
उदयपुर, फागुन २७ – चौदण्डीगढी नगरपालिका, बसाहा स्थित श्री नारद आदर्श शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माहोल तात्दै गएको छ। विद्यार्थी संगठनहरू सक्रिय भएसँगै क्याम्पस प्रशासनले चैत २५ गते बिहान ९:०० बजे सभापति र समावेशी तर्फका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।

निर्वाचन समितिका संयोजक नगेन्द्र व. मगरद्वारा जारी सूचनामा भनिएको छ, “त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन निर्देशिका–२०७८ बमोजिम निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ। उम्मेदवारहरूको नामावली सार्वजनिक भइसकेकाले सम्बन्धित सबैलाई जानकारी गराइन्छ।” साथै, कुनै उम्मेदवारको नामावलीमा दाबी–विरोध भए चैत २६ गते बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म उजुरी दिन सकिने व्यवस्था गरिएको थियो !

चुनावमा साझा प्यानल, को-को परे उम्मेदवार?

स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेवि संघ), समाजवादी विद्यार्थी युनियन, र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानल घोषणा गरिएको छ। प्रमुख पदहरूमा शक्तिशाली प्रतिस्पर्धा हुने देखिएको छ।

सभापति पदका उम्मेदवार:
▶ ज्ञान्दिल थुलुङ (अखिल क्रान्तिकारी) – चौदण्डीगढी न.पा.-४

अन्य प्रमुख पदहरू:
▶ लोकेश राउत (सचिव, नेपाल विद्यार्थी संघ) – बाराहा न.पा.-९
▶ सजिना राई (कोषाध्यक्ष, समाजवादी विद्यार्थी युनियन) – चौदण्डीगढी न.पा.-४

प्रत्यक्ष सदस्य:
▶ सञ्जोग राई (अखिल क्रान्तिकारी) – चौदण्डीगढी न.पा.-४
▶ मुस्कान विश्वकर्मा (नेपाल विद्यार्थी संघ) – चौदण्डीगढी न.पा.-४
▶ प्रविन राई (नेपाल विद्यार्थी संघ) – चौदण्डीगढी न.पा.-३

समावेशी तर्फ (नेपाल विद्यार्थी संघ):
▶ रोज राई – चौदण्डीगढी न.पा.-३
▶ खगिन मगर – चौदण्डीगढी न.पा.-४
▶ बिपना राई – बेलका न.पा.-५
▶ खुशी राई – चौदण्डीगढी न.पा.-४
▶ दिव्या राई – चौदण्डीगढी न.पा.-४

क्याम्पसमा चैत ५ गते हुने चुनावको माहोल निकै तातेको छ। विद्यार्थीहरू आ-आफ्ना उम्मेदवारको समर्थनमा प्रचारप्रसारमा जुटिसकेका छन्।
अब,
कसको पक्षमा बढी मत खस्छ?
नेतृत्व कसले हात पार्छ?
यी सबै प्रश्नको उत्तर चैत ५ को निर्वाचन नतिजाले दिनेछ !

900X1002

सम्बन्धित खबरहरु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।

IMG-20240718-WA0003

भर्खरै

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेलाहा–सिवाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको डेढ दशकपछि यस पुलबाट कम्तीमा पैदल यात्री र मोटरसाइकल वारिपारी गर्न सकिने भएको छ।