September 6, 2026
1230x100

एसपी कवित कटुवालको नेतृत्वमा ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य, सुरक्षित र मर्यादित रूपमा सम्पन्न!

एसपी कवित कटुवालको नेतृत्वमा ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य, सुरक्षित र मर्यादित रूपमा सम्पन्न!
Gif-900x100-1

आवाज मिडिया

समाचार 

एसपी कवित कटुवा


लको नेतृत्वमा ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य, सुरक्षित र मर्यादित रूपमा सम्पन्न!

विराटनगर — विराटनगरको ऐतिहासिक ५९औँ श्री राधाकृष्ण रथयात्रा २०८३ भव्य, सुरक्षित तथा मर्यादित रूपमा सम्पन्न भएको छ।

रथयात्रालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन मोरङका प्रहरी उपरीक्षक कवित कटुवालको नेतृत्वमा विशेष सुरक्षा योजना लागू गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

रथयात्राको सुरक्षा तथा व्यवस्थापनका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीका टोली विभिन्न स्थानमा परिचालन भएका थिए। ठूलो संख्यामा भक्तजन तथा सर्वसाधारणको सहभागिता रहेको रथयात्रामा सम्भावित चोरी, पाकेटमारी तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सतर्कता अपनाएको थियो।

सुरक्षाकर्मीले ड्रोन क्यामेरा तथा विशेष सर्चलाइटमार्फत सूक्ष्म निगरानी गर्दै भीड व्यवस्थापन, ट्राफिक नियन्त्रण र सुरक्षा अवस्थालाई निरन्तर अनुगमन गरेका थिए।

प्रहरी उपरीक्षक कवित कटुवालको नेतृत्वमा गरिएको प्रभावकारी सुरक्षा व्यवस्थापनका कारण ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य, सुरक्षित र मर्यादित वातावरणमा सम्पन्न भएको बताइएको छ।

900X1002

सम्बन्धित खबरहरु

IMG-20240718-WA0003

भर्खरै